बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्पदामाथिको अतिक्रमण सह्य हुँदैन : पर्यटनमन्त्री भट्टराई

सम्पदामाथिको अतिक्रमण सह्य हुँदैन : पर्यटनमन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण सह्य नहुने बताएका छन्।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण सह्य नहुने बताएका छन्।

पशुपति क्षेत्र विकास कोषले प्रकाशन गरेको ‘सांस्कृतिक सम्पदा अनुसन्धान ग्रन्थ तथा कोषको वेवसाइट, मोबाइल एप्स, युट्युब च्यानल, ट्वीटरलगायत सोसल मिडिया प्लेटफर्म’को लोकार्पण गर्दै भट्टराईले शुक्रबार राजनीतिक उद्देश्य तथा कुनै पनि गलत मनसायका साथ सांस्कृतिक सम्पदामाथि ज्यादती गर्न नपाइने बताएका हुन्।

मन्त्री भट्टराईले २०४३ सालमै सरकारले तोकेको पशुपतिको चारकिल्ला प्रति कसैको पनि विमति नरहेको भन्दै किल्लाभित्र बन्ने नीजि संरचना पनि पशुपतिको मापदण्डभित्र रहनुपर्ने बताए।

पशुपति विश्वभरीका हिन्दूको आस्थाको केन्द्र मात्र नभएर नेपाल र नेपालीको सांस्कृतिक÷ऐतिहासिक पहिचान पनि भएकोले यसको संरक्षण र प्रवद्र्धन गर्न सबै जुट्नुपर्ने मन्त्री भट्टराईको भनाइ छ।

प्रकाशित: Aug 07, 2020| 16:56 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।