बिहीबार, भदौ ११, २०८३

नेकपामा तीन गुट छन्, म कसैसँग जोडिएको छैन : गौतम

नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपाभित्र तीनवटा गुट रहेको भन्दै आफू समूहगत रूपमा कसैसँग नजोडिएको दाबी गरेका छन्।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपाभित्र तीनवटा गुट रहेको भन्दै आफू समूहगत रूपमा कसैसँग नजोडिएको दाबी गरेका छन्।

उनका बारेमा सञ्चारमाध्यममा विभिन्न टीकाटिप्पणी भएपछि गौतमले विज्ञप्ति निकालेर कसैसँग नजोडिएको स्पष्ट पारेका हुन्।

‘पार्टीभित्रको अन्तरविरोध हल हुन नसक्दा तीनवटा विचार समूह बनेका छन्,’ उनले भनेका छन्, ‘केपी ओली, पुष्पकमल दाहाल र माधवकुमार नेपाल जोडिनुभएको छ। म समूहगत रुपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्नँ।’

उनले ओली र दाहालले भेट्न बोलाउँदा आफू जाने गरेको प्रस्ट पारेका छन्। ‘उहाँहरूलाई सल्लाहसुझाव र राय दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोसिस पनि गरेको छु,’ उनले भने, ‘पछिल्लोपटक पार्टीमा मैले राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।’
उनले पार्टी अध्यक्ष व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको भन्दै आफू अध्यक्षद्वले वा एक्लैले बोलाउँदा भेट्ने गरेको बताए।
‘मैले भेट गरेका बेला ओलीकै अगाडि गम्भीर आलोचना गर्ने गरेको छु। दाहालसँगको भेटमा पनि आलोचना गर्ने गरेको छु,’ गौतमले भने।

पार्टी अध्यक्ष दुवै वा एक्लै वोलाएको वैठक वा भेलालाई आफूले गुट नमान्ने गौतमको भनाइ छ। उनले आफूलाई यो वा त्यो गुटसँग सम्बन्धित गराएर उल्लेख नगरिदिन सञ्चारमाध्यमलाई अनुरोध पनि गरेका छन्।

सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा जिम्मेवारी दिन आफूले प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको भन्ने विषय भ्रामक रहेको उनको दाबी छ।
‘सुशील भट्ट वा कुनै पनि व्यक्तिको नियुक्तिका निम्ति मैले प्रधानमन्त्री वा कोही व्यक्तिसँग केही भनेको छैन। यो मेरो सरोकारबाहिरको विषय हो,’ गौतमले भनेका छन्।

 

प्रकाशित: Aug 07, 2020| 16:33 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।