बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म क्वारेन्टिनमा बस्न मन्त्रालयको आग्रह

स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म क्वारेन्टिनमा बस्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको लागि स्वाब दिएपछि रिपोर्ट नआउँदासम्म अनिवार्य क्वारेन्टिनमा बस्न आग्रह गरेको छ।

मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम कम गर्न स्वाबको रिपोर्ट नआउन्जेल क्यारेन्टिनमा बस्न आग्रह गरेका हुन्।

गौतमका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकालगायत घना बस्ती भएको स्थानमा कोरोना संक्रमितको संख्या बढिरहेको छ।

कोरोनाको जोखिम कम गर्न अनावश्यक रुपमा घर बाहिर ननिस्कन पनि मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले घरबाट निस्कनै पर्ने काम भए अनिवार्य मास्क लगाउन, बेलाबेला साबुन पानीले हात धुन, स्यानिटाइजरको प्रयोग गर्न, अन्य व्यक्तिसँग भेटघाट नगर्न, भेट्नैपर्ने भए सामाजिक दूरी कायम राख्न अपिल गरेको छ।

 

प्रकाशित: Aug 07, 2020| 16:30 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।