बिहीबार, भदौ ११, २०८३

कोरोना संक्रमित २२ हजार नाघे, आज ४६४ जना थप

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ।

पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४६४ जनामा कोरोना पुष्टि भएको हो।

हालसम्म नेपालमा ४ लाख २७ हजार ५०१ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ।

हाल देशका विभिन्न क्वारेन्टिनमा १० हजार २०७ जना रहेका छन्।

पछिल्लो २४ घण्टामा ४२५ जना डिस्चार्ज भएसँगै हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १५ हजार ८१४ रहेको छ।

हाल नेपालमा ६ हजार ३३० सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

शुक्रबारसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ७० पुगेकाे छ।

मन्त्रालयले संक्रमणकाे जाेखिम झनै बढेकाे भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै भेला तथा गाेष्ठीहरु बन्द गर्न आग्रह गरेकाे छ। त्यस्ता कार्यक्रम गर्नै परे भर्चुअल रुपमा गर्न मन्त्रालयकाे आग्रह छ।

प्रकाशित: Aug 07, 2020| 16:30 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।