काठमाडौं– राष्ट्रियसभाका चारवटै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन्।
राष्ट्रियसभा सचिवालयका अनुसार शुक्रबार भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका हुन्।
सभाका अनुसार दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा (पार्वती) निर्वाचित भएका हुन्।
चार जनामध्ये भट्ट नेपाली कांग्रेसबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद हुन् भने बाँकी तीनजना नेकपाबाट प्रतिनिधित्व गर्ने सांसद हुन्।