काठमाडौं- कर्णाली प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कालिकोटका ४ जना र रामेछाप जिल्लाका १ जनामा कोरोना पुष्टि भएको हो।
रामेछाप जिल्लाको खांडादेवी गाउँपालिका–१ का ३० वर्षीय पुरुष सुर्खेत बस्दै आएको बताइएको छ।
योसहित कर्णाली प्रदेशमा कोरोना पुष्टि हुने व्यक्तिको संख्या १ हजार ९६५ पुगेको छ।
यस्तै कर्णाली प्रदेशबाट शुक्रबार ५५ जना डिस्चार्ज भएका छन्। योसहित कर्णालीमा १ हजार ८६३ जना संक्रमणमुक्त भएका छन्।
हाल कर्णाली प्रदेशमा सक्रिय संक्रमितको संख्या ९६ छ।
कर्णालीमा अहिलेसम्म कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ।