पर्सा पर्साको वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीका आमा र बुवामा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालको पीसीआर ल्याबले गरेको कोरोना परीक्षणमा मेयरका बुवाआमामा संक्रमण पुष्टि भएको हो।
यही साउन १४ गते काठमाडौं गएका महानगर प्रमुखलाई बाटोमा हल्का ज्वरो र घाँटीमा समस्या देखिएपछि मेडिसीटी अस्पतालमा कोरोना परीक्षण गराउँदा संक्रमण देखिएको थियो।
उनको कन्ट्याक्ट ट्रेसिङका अधारमा बुवाआमाको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।