बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकाका संक्रमित क्षेत्र सिल, प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सेवा बन्द

उपत्यकाका संक्रमित क्षेत्र सिल, प्रशासन कार्यालयमा अत्यावश्यकबाहेक सेवा बन्द

कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै अत्यावश्यक बाहेकका नियमित काम बन्द गर्ने निर्णय गरेको हो।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिन बन्द गर्ने निर्णय गरेका छन्।

कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै अत्यावश्यक बाहेकका नियमित काम बन्द गर्ने निर्णय गरेको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले उपत्यकामा जोखिम बढेपछि अत्यावश्यक बाहेकका सेवा तत्कालका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिए।

‘जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक काम रोकिन्न,’ उनले भने, ‘अन्य सेवाहरुको हकमा भने १५ दिन बन्द हुने भएको छ।’

नागरिकता वितरण, राहदानी, संघसंस्था नवीकरण लगायतका कामहरु १५ दिनका लागि बन्द गरिन लागिएको हो। उनका अनुसार कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको निर्देशन अनुसार मानिसहरुको आवागमनमा पनि कडाइ गरिने भएको छ।

‘संक्रमण देखिएको क्षेत्रलाई सिल गर्ने निर्णय पनि बैठकले गरेको छ,’ सुरक्षा स्रोतले भन्यो, ‘काठमाडौंका मुख्य क्षेत्रहरु न्युरोड, असन, इन्द्रचोक, बौद्ध र टेकु क्षेत्र सिल गरिने भएको छ।’ जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।

बैठकले संक्रमणको जोखिम अन्य क्षेत्रमा बढ्दै गए त्यस क्षेत्रलाई पनि सिल गर्ने निर्णय गरेको छ। लकडाउन अन्त्य भएसँगै व्यापारिक क्षेत्र, पार्टी प्यालेस, रेष्टुरेन्ट लगायत क्षेत्रहरुमा मानिसहरुको भीडभाड बढ्न थालेपछि ती क्षेत्रमा कडाइ गरिने भएको छ। त्यस्तै सवारीसाधनमा लागू गरिएको जोर–बिजोरमा पनि कडाइ हुने भएको छ।

निजी क्षेत्र र अन्य संघसंस्थाहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गर्न आफैले निर्णय गर्न सक्नेछन्।

सरकारले बिहीबार रातिदेखि लागू हुने गरी राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल तथा सवारी सञ्चालनमा समेत रोक लगाइसकेको छ। त्यस्तै सरकारले अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न र अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन पनि भनिसकेको छ।

 

प्रकाशित: Aug 07, 2020| 16:05 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।