बिहीबार, भदौ ११, २०८३

पीडितमाथि पीडा थप्दै युट्युबर

पीडित बालिकालाई मात्रै हैन, उनका प्रेमी भनिएका किशोरलाई पनि सँगै राखेर घटनाबारे बोल्न लगाइएको छ। पीडितमाथि थप पीडा हुने गरी कुनै पनि सामग्री प्रकाशन/प्रसारण गर्नु मिडियोको आचारसंहिता विपरीतको कार्य हो।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं- ‘अर्जुन बिक फरार, पीडित बैनीको प्रेमी मिडियामा, जबर्जस्ती भएको ठाउँ हेर्नुहोस्।’

यो शीर्षकको भिडियो युट्युबको ३४ नम्बर ट्रेन्डिङमा छ। एक दिनअघि मात्र युट्युबमा अपलोड भएको यो भिडियो याे समाचार तयार पार्दासम्म साढे दुई लाखले हेरिसकेका छन्।

आठ लाख ६८ हजार ‘सब्स्क्राइबर’ रहेको ‘माईक्रोलिङ्क’ नामक युट्युब च्यानलबाट अपलोड भएको भिडियो दाङमा एक १७ वर्षीया किशोरीमाथि सामूहिक यौन दुर्व्यवहारको घटनासँग सम्बन्धित छ।

देउखुरीमा १७ वर्षीया एक किशोरी आफ्नो प्रेमीसँग घुम्न गएको बेला अर्जुन बिकलगायतका चार जनाले जर्वजस्ती करणी गर्न खोजेको र नमान्दा किशोरीमाथि दुर्व्यवहार गरेको कुरा भिडियोमा स्वयम् युवतीलाई बोल्न लगाइएको छ।

भिडियोमा यति मात्र छैन। पीडित युवतीलाई घटनास्थल जंगलमै लगेर चार जनाको समूहले उनीमाथि के के गरे त्यो सबै किशोरीलाई भन्न लगाइएको छ।

पाँच सातवटा क्यामरा तेर्स्याएर पीडित किशोरीको अन्तर्वार्ता लिएको दृश्य भिडियोमा छ। प्रहरीले पीडितको बयान लिए जसरी 'युट्युबर' ले बयान लिइरहेका छन्। पीडित बालिकालाई मात्रै हैन उनका प्रेमी भनिएका किशोरलाई पनि सँगै राखेर घटनाबारे बोल्न लगाइएको छ।

पीडितमाथि थप पीडा हुने गरी कुनै पनि सामग्री प्रकाशन/प्रसारण गर्नु मिडिया आचारसंहिता विपरीतको कार्य हो।

यो सामग्रीमा आचारसंहिताको पुरै धज्जी उडाइएको छ। यौन हिंसा जस्तो गम्भीर बिषयमा युट्युबर कत्ति पनि सचेत देखिदैनन्। १७ मिनेट लामो भिडियो पुरै पीडितको बयानमा आधारित छ।

बिर्सनुपर्ने पीडा उल्टै पकटपटक सम्झाउने गरी प्रश्न सोधेर भिडियो सार्वजनिक गर्दा पीडितमाथि थप पीडा दिएको कुरा युट्युबरलाई कत्ति पनि हेक्का छैन।

भिडियो नै सार्वजनिक गर्दा किशोरीको सामाजिक जीवनमा कस्तो असर पर्ला भन्नेतर्फ पनि सोचिएको छैन।

एउटा मात्र हैन तीनै किशोरीले भोगेको यौन हिंसाबारे त्यही युट्युबले दुईवटा भिडियो अपलोड गरेको छ। अन्य थुप्रै युट्युबबाट पनि उक्त भिडियो सार्वजनिक भएको छ।

यो त एउटा प्रतिनिधि घटना मात्र हो। केही दिनअघि युट्युबर भाग्य न्यौपानेले कपनमा बाल गृहकी सञ्चालिका पुष्पा अधिकारीसँग गरेको व्यवहारको भिडियो पनि यतिबेला निकै विवादित बनिरहेको छ।

घटना विवरणअनुसार पुष्पाले कार्टुनमा एक बेवारिसे बच्चा भेटाएको नाटक रचेकी थिइन्। भाग्यले बालगृहमै पुगेर बच्चाका लागि भन्दै पुष्पालाई १० हजार रुपैयाँ दिएका थिए।

शिशु बेवारिसे नभएर पुष्पाले नाटक रचेको कुरा बाहिर आएपछि पुनः बालगृहमा पुगेर भाग्यले पुष्पासँग आफूले दिएको पैसा फिर्ता मागे र त्यसैको भिडियो बनाए।

भिडियोमा देखिएअनुसार भाग्यसहितका केही युट्युबरहरु बालगृहमा जबरजस्ती घुस्छन्। भाग्यसहितका युट्युबरहरुले पुष्पालाई घेरेर प्रहरीले जसरी केरकार सुरु गर्छन्।

बेइज्जतीपूर्ण तरिकाले पुष्पासँग अन्तरवार्ता लिइन्छ र ठाउँकोठाउँ उनीसँग आर्थिक सहायताको हिसाब देखाउन लगाइन्छ।
पुष्पाले आफ्नो गल्ती स्वीकारेर पटकपटक क्षमायाचना गर्दै सहयोग फिर्ता लिन चाहानेलाई फिर्ता दिने भने पनि उनीमाथि युट्युबरको हमला जारी नै रहन्छ।

यो स्टोरी तयार पार्दासम्म साढे ११ लाख बढीले हेरिसकेको उक्त भिडियो युट्युबको ९ नम्बर ट्रेन्डिङमा छ।

त्यो केरकारमा भाग्यको प्रस्तुति पुष्पालाई अत्यन्त असहज लाग्छ। पुष्पासँगै  टाँसिएर बसेर अस्वभाविक तरिकाले भाग्यले अन्तर्वार्ता लिइरहेका छन्। पुष्पालाई लगातार प्रश्न मात्र सोध्छन् तर उत्तर दिने अवसर दिँदैनन्।

भाग्यले युट्युबमा भिडियो बनाएर नै थुप्रै दुःखी, असहायको भाग्य बदलेका छन्। उनले बनाएको भिडियो हेरेरै देश विदेशबाट थुप्रै मनकारी नेपालीले उनीमार्फत आर्थिक सहयोग गर्दै आएका छन्। तीनै सामग्रीबाट उनले युट्युबमार्फत् लाखौँ रुपैयाँ कमाएका पनि छन्।

यस्ता घटनाहरुले ‘युट्युबकारिता’ र पत्रकारिताबीच भेद छुट्याउनुपर्ने आवश्यकता टड्कारो बन्दै गएको टिप्पणी गर्न थालिएको छ।

युट्युबरले आफूलाई ‘मिडिया’ का रुपमा पेश गरिरहेका हुन्छन्। तर, मिडिया भनेको के हो ? के उनीहरु मिडियाको कानूनी र नैतिक बन्धनभित्र छन् ?

मान्छेका घरायशी झगडाहरु युट्युबकै कारण राष्ट्रिय चर्चाका विषय बन्न थालेका छन्। आमजनताका लागि अहिले युट्युब च्यानल नै ठूला मिडिया बनेका छन्।

आचारसंहिता पालना गर्न आव्हान

पछिल्लो समय युट्युबमा जथाभावी सामग्रीहरु प्रशारित हुन थालेपछि अनलाइन टिभी पत्रकार संघले युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न आह्वान गरेको छ।

संघका महासचिव राजु सुवेदीद्वारा जारी वक्तव्यमा पत्रकार आचारसंहिता २०७३ को कार्यान्वयनमा गम्भीर हुन सचेत गराइएको छ।

तत्काल पत्रकार आचारसंहिता २०७३ नै पालना गर्न र चाँडै नै अनलाइन टिभी पत्रकार आचारसंहिता जारी गर्न लागिएको वक्तव्यमा उल्लेख छ।

साथै संघले युट्युबरलगायतका अनलाइन टिभी पत्रकारलाई सामाजिक दायित्व नभुलेर आफूलाई सुधार्दै लैजान आग्रह पनि गरेको छ।

सञ्चार कानूनले नयाँ माध्यमलाई सहजै समेट्न नसकेको र अर्कोतर्फ नयाँ सञ्चार क्षेत्रमा क्रियाशीललाई सिक्ने/सिकाउने र संगठित हुने वातावरण पनि बनिनसकेकाले अन्योल रहँदै आएको वक्तव्यमा उल्लेख छ।

गत वर्ष माघ २४ गते नेपालमा पहिलो पटक अनलाइन टिभी सञ्चालकको पहिलो राष्ट्रिय भेलामार्फत् गठन भई दर्तासमेत भइसकेको अनलाइन टिभी पत्रकार संघले सबै अनलाइन टिभी पत्रकारलाई संघमा आबद्ध भएर यस क्षेत्रको शुद्धीकरण र सुदृढीकरणमा लाग्न आग्रह गरेको छ।

प्रकाशित: Aug 07, 2020| 15:45 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।