सिरहा- कोरोना भाइरसबाट संक्रमित थप एकजनाको मृत्यु भएको छ ।
बुधबार कोरोना संक्रमण पुष्टि भएका सिरहाको गोलबजार–१२ का २३ वर्षीय युवकको धरानमा मृत्यु भएको हो ।
उनको बिहीबार राति मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । संक्रमित युवा पछिल्लो तीन वर्ष देखि किड्नीको समस्याबाट पनि ग्रसित थिए ।
मृतक युवाको शव सिरहा ल्याएर दाहसंस्कार गर्ने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख विष्णुदेव यादवले जानकारी दिए । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव नेपाली सेनाले व्यस्थापन गर्दै आएको छ।