बिहीबार, भदौ ११, २०८३

यस्तो हुनेछ तीन दिनको मौसम, आज कहाँ-कहाँ वर्षा ?

शनिबार रातिबाट सक्रिय हुने मनसुनले देशैभर झरी पार्नुका साथै देशका अधिकांश ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम मंगलबारसम्म जारी रहन सक्ने महाशाखा मौसमविद्हरुको अनुमान छ ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौँ- मनसुनी न्युन चापीय रेखाका कारण पुनः मनसुन सक्रिय हुने भएको छ ।

शनिबार रातिबाट सक्रिय हुने मनसुनले देशैभर झरी पार्नुका साथै देशका अधिकांश ठाउँमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम मंगलबारसम्म जारी रहन सक्ने महाशाखा मौसमविद्हरुको अनुमान छ ।

आज (शुक्रबार) भने देशभर मौसममा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने महाशाखा जारी गरेको बुलेटिनमा उल्लेख छ ।

अहिले प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

यस्ताे हुनेछ आगामी तीन दिनकाे माैसम

 

साउन २३ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति : देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।

साउन २४ गते (शनिबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

साउन २५ गते (आइतबार)

दिउँसो : देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राति : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरु र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

प्रकाशित: Aug 07, 2020| 07:24 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।