बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा ८ जना कोरोना संक्रमित बेपत्ता, झनै बढ्यो जोखिम

काठमाडौंमा ८ जना कोरोना संक्रमित बेपत्ता, झनै बढ्यो जोखिम

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकामध्ये ८ जना बेपत्ता भएका छन् ।

बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित सम्पर्कबिहिन भएर भागेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार ८ जना सम्पर्कमा आएका छन् । बाँकी ८ जनाको कुनै अत्तोपत्तो छैन् ।

स्वस्थ्यकर्मीको सम्पर्कमा नआएका उनीहरुमध्ये केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेको पाइएको छ । संक्रमितलाई सम्पर्क गर्न खोज्दा केहिको मोबाइल अफ रहेको र केहीको गलत नम्बर रहेको पत्ता लागेको महाशाखा वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले बताए ।

संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका भइरहेको उनले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा नआएपछि काठमाडौं उपत्यकामा झनै कोरोनाको जोखिम बढेको छ । उनीहरु संक्रमण देखिएपछि पनि बजार र कार्यालय गइरहेको हुनसक्ने स्वास्थ्यकर्मीको अनुमान छ ।

प्रकाशित: Aug 07, 2020| 06:39 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।