बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का आन्तरिक मामिलामन्त्री सेल्फ क्वारेन्टिनमा

प्रदेश १ का आन्तरिक मामिलामन्त्री सेल्फ क्वारेन्टिनमा

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की सेल्फ क्वारेन्टिनमा बसेका छन् ।
 |  शुक्रबार, साउन २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २३, २०७७

विराटनगर– प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की सेल्फ क्वारेन्टिनमा बसेका छन् ।

साउन १४ गते काठमाडौंमा आयोजित बैठकमा सहभागी प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवसहित उनका सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि मन्त्री कार्की क्वारेन्टिनमा बसेको उनको सचिवालयले जनाएको छ ।

मन्त्री कार्कीको सचिवालयले साउन १६ गतेयता भेटघाट भएका व्यक्तिहरुलाई सतर्क रहन आग्रह गरेको छ । प्रमुख स्वकीय सचिव कमल पौडेलले ‘कोभिड १९ भाइरसको संक्रमण यस्तै हुन्छ भन्ने अवस्था नरहेको हुँदा साउन १६ गते यता भेटघाटमा रहेका सबैलाई सतर्क रहन र केही लक्षण देखिए स्वास्थ्य संस्थाको सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

मन्त्री कार्कीले पीसीआर परीक्षणका लागि विहिबार स्वाव दिएर सेल्फ क्वारेन्टिनमा बसेको बताएका छन् ।

प्रदेश प्रहरी व्यवस्थापनसम्बन्धी बैठकमा सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरुसहित प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा लगायत उच्च पदस्थ व्यक्तिहरुको सहभागिता थियो ।

 

प्रकाशित: Aug 07, 2020| 06:39 शुक्रबार, साउन २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।