पर्सा- कोरोना भाइरसको संक्रमण भएका हिमाञ्चल क्याबिन वीरगन्जका सञ्चालक विजयराज कर्णिकारको मृत्यु भएको छ।
काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनको बिहीबार मृत्युु भएको अस्पतालले जनाएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ९ माईस्थानस्थित हिमाञ्चल क्याबिनका सञ्चालक कर्णिकार श्वासप्रश्वास र मुटुमा समस्या देखिएपछि केही दिनअघि उपचार गराउन सपरिवार काठमाडौं गएका थिए।
उपचारका क्रममा स्वाब संकलन गरी पीसीआर गर्दा उनी र उनकी दिदीको रिपोर्ट पोजेटिभ आएको थियो। दिदीको स्वास्थ्य अवस्था भने समान्य छ।