काठमाडौं- बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
काठमाडौंमा ७६ जना, ललितपुरमा १०, काभ्रेमा तीन, मकवानपुरमा दुई, भक्तपुर, नुवाकोट, चितवन, रामेछाप र दोलखामा एक एक जनामा संक्रमण भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३३ पुगेको छ।
काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) मा संक्रमितको संख्या ८७५ पुगेको छ भने ५९१ जनाको उपचार भइसकेको छ।
यस्तै ८३२ जना विभिन्न अस्पतालको आइसोलेसनमा छन्। ९४९ जना क्वारेन्टिमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तो छ संक्रमितको जिल्लागत विवरण
काठमाडौं – ६७५
ललितपुर – १२३
भक्तपुर – ७७
रसुवा – १२
नुवाकोट – ४५
धादिङ – १४३
चितवन – १२७
सिन्धुली – २५
मकवानपुर – ५४
रामेछाप – ३९
दोलखा –१३
काभ्रे – २६
सिन्धुपाल्चोक – ७४