बिहीबार, भदौ ११, २०८३

एसईई परीक्षा शुल्क फिर्ता गर्न माग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले एसईई परीक्षाको शुल्क फिर्ता गर्न माग गरेको छ। 
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघले एसईई परीक्षाको शुल्क फिर्ता गर्न माग गरेको छ। कोरोना भाइरस (कोभिड-१९) का कारण परीक्षा नभएको भन्दै महासंघले परीक्षा शुल्क आंशिक फिर्ता गर्न माग गरेको हो।

विद्यालयमार्फत उठाइएको परीक्षा शुल्क फिर्ता गर्नु पर्ने विद्यार्थी र अभिभावकबाट माग उठेको भन्दै महासंघले राष्ट्रिय परीक्षा बोर्डलाई ५० प्रतिशत शुल्क फिर्ता गर्न माग गरेको हो।

एसईई परीक्षा बोर्डले संचालन गर्न नपर्ने र विद्यालयको आन्तरिक परीक्षा प्रणालीका आधारमै गरिएकाले आंशिक शुल्क फिर्ता गर्नुपर्ने महासंघको माग छ।

चैत ६ गतेबाट संचालन हुने भनिएको २०७६ एसईई परीक्षा कोरोनाका कारण चैत ५ गते नै स्थगित गरिएको थियो।

प्रकाशित: Aug 06, 2020| 19:29 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।