बिहीबार, भदौ ११, २०८३

अवैध गर्भपतनले महिलाको मृत्यु, डाक्टर पक्राउ

अवैध गर्भपतन गराउँदा रुकुम पूर्वमा एक महिलाको मृत्यु भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- अवैध गर्भपतन गराउँदा रुकुम पूर्वमा एक महिलाको मृत्यु भएको छ।

एक निजी अस्पतालले अवैध तरिकाले गर्भपतन गराउँदा रुकुम पश्चिम मुसिकोट नगरपालिका–८ काप्रिवासकी २६ वर्षीया पुष्पा घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ।

रुकुमकोटको छिप्रिदहस्थित रुक्मिणी अस्पतालमा गर्भपतन गराउने क्रममा साउन २० गते राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गजुसिद्धि बज्राचार्यले २२ हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि महिलाको मृत्यु भएको बताए।

अवैध तरिकाले गर्भपतन गराएको आरोपमा अस्पतालमा कार्यरत डाक्टर रुपेशकुमार सिंह र सिस्ने गाउँपालिका–४ दादिङका गणेश घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी बज्राचार्यले जानकारी दिए। पुष्पा दुई छोरीसहित रुकुमकोटमा बस्दै आएकी थिइन्।

प्रकाशित: Aug 06, 2020| 18:55 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।