बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन दायर भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदातलमा रिट निवेदन दायर भएको छ।

सर्वोच्चको आदेशपछि बिहीबार उक्त रिट दायर भएको हो। गिरीको योग्यता नपुगेको भन्दै नरेश भट्टले दायर गरेको रिट यसअघि सर्वोच्चका मुख्य रजिष्टारले असार ९ गते दरपिट गरेका थिए।

निवेदन दरपिट गरेको विषयमा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी रिट निवेदन लिएर इजलासमा गएका थिए।

सर्वोच्चका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मलता माथेमाको संयुक्त इजलासले मुख्य रजिष्टारको दरपिठ गर्ने आदेश नमिलेको भन्दै रिट निवेदन दर्ता गरी नियमानुसार पेश गर्न आदेश दिएपछि निवेदन दर्ता भएको हो।

सार्वजनिक सरोकारको उक्त विषय न्यायिक रोहमा विचार गर्नु पर्ने देखिएको आदेशमा उल्लेख छ।

यसअघि असारमै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले उक्त निवेदन दरपिठ गर्नुको आधार र कारण पेश गर्न आदेश गरेको थियो।

आयोगको उपाध्यक्ष बन्न २० वर्षको अनुभव आवश्यक पर्ने भनिएकोमा गिरीको योग्यता नपुगेको भन्दै रिट निवेदनमा उक्त नियुक्ति खारेजको माग गरिएको छ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा गिरी

प्रकाशित: Aug 06, 2020| 18:50 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।