शनिबार, असोज १७, २०८३

सोमबार बजेट पारित हुने निश्‍चित

प्रतिनिधि सभाको सोमबारका लागि बोलाइएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने भएको छ।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

काठमाडौं- प्रतिनिधि सभाको सोमबारका लागि बोलाइएको बैठकमा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेशलाई प्रतिस्थापन गर्ने गरी ल्याएको बजेटमा पारित हुने भएको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उक्त बजेट संशोधनका लागि कुनै पनि संशोधन प्रस्ता दर्ता नगरेपछि सोमबारको बैठकमा बजेट पारित हुने भएको हो। 

आफूले ल्याएको बजेटलाई मनलागी तोडमोड गरेको भन्दै सार्वजनिक रुपमा विरोध जनाएको एमालेले औपचारिक रुपमा भने बजेटमा संशोधन प्रस्ताव दर्ता नगराएको संसद् सचिवालयले जनाएको छ।

एमालेकै अवरोध र नाराबाजीकाबीच भदौ २९ गते प्रतिनिधि सभाले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेर खर्च कटौती प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय दिएको थियो। 

शुक्रबारसम्म दिइएको समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले २२ वटै मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव दर्ता गराएको विधेयक शाखाले जनाएको छ। 

एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई निष्कासन गरेको सूचना टाँस गर्न माग गर्दै र सभामुख अग्‍नि सापकोटाको कार्यशलैप्रति असन्तुष्टि जनाउँदै भदौ २३ गतेदेखि संसद् अवरोध गर्दै आएको छ। आफूहरुका विरोधको बाबजुद अघि बढेको बजेटमा खर्च कटौती प्रस्ताव राख्नु औचित्यहिन भएको एमालेले जनाएको छ।

सरकारले विनियोजन विधेयकलाई सोमबार प्रतिनिधिसभाबाट पारित गराउने तयारी गरेको छ। अध्यादेशको अवधि सकिएपछि बेखर्ची भएको सरकारले फास्ट ट्र्याकबाट बजेट पारित गराउने भएको हो।

तर, एमालेले भने सोमबारको प्रतिनिधि सभाको बैठकमा पनि अवरोध गर्ने जनाएको छ। एमालेका अवरोधका बीच निर्णायर्थ पेश गरेर बजेट पारित गर्ने सरकारको रणनीति छ। यसअघि ओली सरकारले ल्याएको बजेट प्रतिस्थापन गर्ने विधेयक पारित नहुँदा मुलुकमा 'बजेट होलिडे' छ।

प्रकाशित: Sep 19, 2021| 19:38 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्