बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको विमानको उडान आइतबारदेखि

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको विमानको उडान आइतबारदेखि

नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको विमानले आइतबारदेखि उडान सुरु गर्ने भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– नेपाली सेनाले इन्डोनेसियाबाट खरिद गरेको विमानले आइतबारदेखि उडान सुरु गर्ने भएको छ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले आइतबारदेखि विमानले उडान सुरु गर्न लागेको जानकारी दिएका छन्।

‘१०० घन्टाको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ’, प्रवक्ता पौडेलले भने, ‘अब विमानले नियमित उडान गर्नेछ।’

विमान सेनाले मालसामान ढुवानी, भीआईपी सवारी तथा प्राकृतिक विपतका बेला राहत तथा उद्धारका समयमा प्रयोग गर्नेछ।

एनए–०६२ कलसाइन राखिएको उक्त विमान ९ महिनाअघि इन्डोनेसियाबाट नेपाल ल्याइएको थियो।

तीन अर्बमा किनिएको विमान यात्रु ओसार्न पनि प्रयोग गर्न सकिने नेपाली सेनाले जनाएको छ।

विभिन्न सैन्य तालिममा पनि प्रयोग गर्न सकिनेछ।

 

प्रकाशित: Aug 06, 2020| 18:30 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।