बिहीबार, भदौ ११, २०८३

सरकार लकडाउनको तयारीमा छैन : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकार लकडाउनको तयारीमा नरहेको बताएका छन्।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सरकार लकडाउनको तयारीमा नरहेको बताएका छन्।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता खतिवडाले सरकार लकडाउनको तयारीमा नरहेको स्पष्ट पारेका हुन्।

कोरोना संक्रमितको दर फेरि बढ्न थालेपछि सरकार भदौ १ देखि लकडाउनको तयारीमा जुटेको हो कि भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा मन्त्री खतिवडाले तत्काल यस्तो कुनै तयारी नरहेको बताए।

साथै उनले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन पनि सरकारको आग्रह रहेको बताए। उनले प्रशासनिक काम पनि तत्काललाई रोकेर जोखिम न्यूनिकरणमा ध्यान दिन आग्रह गरे।

मन्त्री खतिवडाले आवश्यक परेको खण्डमा जिल्ला प्रशासन तथा स्थानीय तहले पनि आफ्नो ठाउँमा लकडाउन गर्न सक्ने भएकाले सरकार पूर्णरुपमा लकडाउनको तयारीमा अहिले नरहेको प्रष्ट्याए।

गत चैत ११ गते सुरु भएको लकडाउन ७ गते समाप्त गरिएको थियो।

प्रकाशित: Aug 06, 2020| 18:05 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।