बुधबार, चैत ११, २०८२

सिक्न प्रेरित गर्ने ‘काठमाडौं वर्ल्ड स्कुल’

दक्ष जनशक्ति उत्पादनको जग मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय र प्रतिस्पर्धी बनाउन दुई वर्षअघि भक्तपुरको गुण्डुमा ‘काठमाडौं वर्ल्ड स्कुल’ को स्थापना भयो।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– दक्ष जनशक्ति उत्पादनको जग मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय र प्रतिस्पर्धी बनाउन दुई वर्षअघि भक्तपुरको गुण्डुमा ‘काठमाडौं वर्ल्ड स्कुल’ को स्थापना भयो।

National life

सीजी होल्डिङ्सको सहकार्यमा स्थापित स्कुलले गुणस्तरीय शिक्षाका लागि बिदेसिने बालबालिकालाई स्वदेशमै रोक्ने मात्रै होइन विदेशी बालबालिकालाई पनि भित्र्याउने लक्ष्य राखेको छ।

स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्म अध्ययन गराइरहेको छ। ११–१२ मा व्यवस्थापन र विज्ञान संकायमा पढाइ हुन्छ।

विद्यार्थीको उमेरअनुसार बालमैत्री र उपयुक्त शैक्षिक वातावरणमा व्यवहारिक ज्ञान, समाजिकीकरणका उपाय तथा जीवन उपयोगी शिक्षा विद्यालयको विशेषता हो।

विद्यार्थीलाई आफ्नो कामप्रति जिम्मेवार हुन सिकाउने, समाजप्रति उत्तरदायी बनाउने तथा सहभावकोे क्षमता अभिवृद्धि गराउने शैक्षिक क्रियाकलापलाई जोड दिइरहेको छ। विद्यार्थी सिक्न बाध्य बनाउनेभन्दा आफैं सिक्न प्रेरित गर्ने गर्ने शैक्षिक वातावरण छ।

Laxmi sunrise bank
kumari

अभिभावकलाई पनि बालबालिकाको शिक्षासँग जोडिने खालका कार्यक्रम चलाएर अगाडि बढिरहेको विद्यालयका प्रिन्सिपल केशरबहादुर खुलालले जानकारी गराए।

‘काठमाडौं वर्ल्ड स्कुल शिक्षा, सीप, सकारात्मक सोच र व्यवहारको संगम हो,’ उनले भने, ‘विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने ग्लोबल सिटिजन उत्पादन नै यसको उद्देश्य हो।’

प्रतिस्पर्धी जनशक्ति उत्पादनका लागि विद्यालयले सोहीअनुसारको शिक्षण सिकाइ, व्यावहारिक ज्ञान, बालबालिकाको आत्मविश्वास वृद्धिलगायतमा जोड दिइरहेको छ।

स्कुलले कर्मचारी तथा शिक्षकको क्षमता विस्तारमा पनि जोड दिएको छ। यसले समग्र शैक्षिण वातावरण विद्यार्थीमैत्री बनाउने र बालबालिकाले गुणस्तरीय शिक्षा पाउने विद्यालयको विश्वास छ।

सैद्धान्तिक ज्ञानअनुसार प्रयोगात्मक कक्षा काठमाडौं वर्ल्ड स्कुलको मुख्य विशेषता हो। प्रयोगात्मक अभ्यासमा स्कुलले विशेष जोड दिँदै आइरहेको छ। त्यसको लागि विद्यालयसँग शैक्षिक तहअनुसारको फरक–फरक पुस्तकालय, कम्प्युटर ल्याब, अत्याधुनिक प्रविधिसहितको विज्ञान प्रयोगशालालगायत छन्।

अत्याधुनिक भूकम्प प्रतिरोधी भवन, सुविधासम्पन्न पुस्तकालय, सीसीटीभी निगरानी, ब्रोडब्यान्ड इन्टरनेटको सुविधा छ।

अभिभावकलाई पनि बालबालिकाको शिक्षामा सहभागी गराउन विद्यार्थीको दैनिक क्रियाकलाप र अन्य जानकारी अभिभावकलाई गराउन इमेलमार्फत सन्देश पठाउने, एसएमएस सिस्टमको पनि व्यवस्था गरिएको छ।

शिक्षक र अभिभावक छलफल गर्ने तथा शिक्षक–अभिभावक संघमार्फत विभिन्न रचनात्मक क्रियाकलाप पनि हुँदै आइरहेका छन्।

विद्यालयले कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सामुदायिक विद्यालयका शिक्षकलाई पनि शिक्षण सिकाइका साथै व्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि तालिम दिँदै आइरहेको छ।

अतिरिक्त क्रियाकलाप

विद्यार्थीको सर्वाङ्गीण विकासमा काठमाडौं वल्र्ड स्कुलको विशेष जोड छ। त्यसका लागि नियमित पाठ्यक्रमका साथै अन्य शैक्षिक गतिविधि पनि विद्यालयले गराउँदै आएको छ।

प्रयोगात्मक अभ्यासका लागि देश तथा विदेशका विभिन्न स्थानमा भ्रमण पनि गराउँदै आइरहेको छ। दुई वर्षको छोटो अवधिमै काठमाडौं वल्र्ड स्कुलमा अध्ययनरत बालबालिका मुलुकका विभिन्न स्थानका साथै अमेरिका तथा भारतको अध्ययन भ्रमण गइसकेका छन्।

काठमाडौं वर्ल्ड स्कुलका उत्पादन शिक्षामा मात्रै नभएर हरेक क्षेत्र र निकायमा सबल होऊन् भन्ने विद्यालयको उद्देश्य रहेको प्रिन्सिपल खुलालकाे भनाइ छ।

त्यसका लागि आधुनिक शिक्षण विधिमा जोड दिनुका साथै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराइरहेको छ। विद्यालय प्रांगणमा ‘पर्फमिङ आर्टस् र भिजुअल आर्टस् स्टुडियो’ को व्यवस्था छ।

त्यस्तै स्विमिङ पुल, नृत्य, संगीत, मार्सल आर्टस्, टेनिस, भलिबल, फुटसललगायतको व्यवस्था पनि विद्यालयमा गरिएको छ।

सेमिनार, विविध सांस्कृतिक कार्यक्रमका लागि हलसमेत छ। करिब ६०० जना क्षमताको हलमा बालबालिकाले आफ्नो विविध क्रियाकलापको क्षमता प्रदर्शन गर्ने अवसर पाउँछन्।

नर्ससहितको आवासीय सुविधा

काठमाडौं वर्ल्ड स्कुलको आवासीय भवन स्कुल भवनबाट थोरै समयको हिँडाइ दूरीमा छ। छात्र र छात्राका लागि छुट्टै भवन छ। आवासीय भवनमा मनोरञ्जनका विभिन्न माध्यमका साथै सामूहिक लाउन्ज छ।

आवासीय विद्यालयको सुरक्षामा सम्पूर्ण मापदण्ड पूरा गरिएको विद्यालयले जनाएको छ। बालबालिका २४ घण्टा तालिमप्राप्त ‘वार्डेन’ को निगरानीमा हुन्छन्।

आवासीय भवनमा नर्सको निगरानीमा रहन्छ। त्यस्तै भिजिटिङ डाक्टरको पनि व्यवस्था गरिएको छ। २४० जना छात्र र १६० जना छात्राको आवासीय सुविधा छ। आवासीया सुविधाको प्रयोग कक्षा ४ माथिका विद्यार्थी लागि मात्रै हो।

प्राकृतिक वातावरण

काठमाडौं वर्ल्ड स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुमा अवस्थित छ। काठमाडौंबाट करिब १२ किलोमिटर टाढा शान्त वातावरणमा रहेको विद्यालय वरपर पूर्ण प्राकृतिक वातावरण छ।

विद्यालयले काठमाडौं उपत्यकाभरबाट यातायातको सुविधा पनि दिएको छ। एयर कन्डिसनसहितका भ्यानमा विद्यार्थीमैत्री वातावरणको व्यवस्था गरिएको छ। स्कुल गाडी ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) ट्र्याकिङ गरिएको छ।

-एडभर्टोरियल

प्रकाशित: Aug 06, 2020| 18:05 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्