बिहीबार, भदौ ११, २०८३

कसरी चाडपर्व मनाउने ? यस्तो छ मन्त्रालयको मापदण्ड

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड सार्वजनिक गरेको छ।

मन्त्रालयले व्यक्तिगत तहमा लागू गर्नुपर्ने र आयोजकले पालना गर्नुपर्ने मापदण्ड तयार गरेको हो।

चाडपर्व मनाउँदा एउटै घरका मानिसबाहेक अन्य मानिससँग कम भेट्ने र भेट्नै परे २ मिटरको दूरी कायम गर्ने, घरबाहिर सकेसम्म नजाने र जानै परे एसएमएस (सामाजिक दूरी, मास्क र स्यानिटाइजर) विधि पालन गर्नुपर्ने, रेलिङ, बार, मूर्तिलगायत धेरै व्यक्तिले प्रयोगमा ल्याउन सामग्री नछुने, अनुहारमा छुनुअगाडि साबुन पानीले हात धुने, सार्वजनिक स्थलमा नथुक्नेलगायत मापदण्ड छन्।

त्यस्तै कार्यक्रम आयोजकहरुले भिडभाड व्यवस्थापनका लागि जनस्वास्थ्य सुरक्षासहितका तालिम प्राप्त कर्मचारी वा स्वयंसेवकको व्यवस्था गर्ने, कार्यक्रमस्थलमा भौतिक दूरी कायम गराउने, स्थानीय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुने गरी कार्यक्रम गर्न मन्त्रालयले आग्रह गरेको छ।

यस्तो छ, चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा अपनाउनुपर्ने जनस्वास्थ्यका मापदण्ड

 

प्रकाशित: Aug 06, 2020| 17:28 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।