बुधबार, चैत ११, २०८२

शैक्षिक गतिविधि अगाडि बढाउन सरकारको निर्देशन

सरकारले जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी शैक्षिक गतिविधि अगाडि बढाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– सरकारले जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुने गरी शैक्षिक गतिविधि अगाडि बढाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ।

National life

शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बिहीबार सबै स्थानीय तहलाई परिपत्र गरी निर्देशन दिएको हो।

केन्द्रले विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेसन सम्बन्धी कार्यहरू सञ्चालन नगर्न पनि आग्रह गरेको छ।

पत्रमा उल्लेख छ, ‘क्वारेन्टिन र आइसोलेसनका रूपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्डबमोजिम निर्मलीकरण गरी अध्ययन अध्यापन योग्य बनाउनुपर्नेछ।’

केन्द्रले शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी भए प्रकाशन गर्न निर्देशन दिएको छ।

Laxmi sunrise bank
kumari

यस्तै २०७७ भदौ १ गते देखि नयाँ विद्यार्थी भर्ना गर्न, कक्षागत रूपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउन विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका निर्देशक गेहनाथ गौतमद्वारा प्रेषित पत्राचारमा उल्लेख छ।

केन्द्रले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन गराउन, विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षक पुगिसक्ने व्यवस्था गर्न पनि निर्देशन दिएको छ।

केन्द्रले विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आगमनमा प्रतिकूल असर नपर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुन गरी कोरोना रोकथाम र निन्त्रणसम्बन्धी संरचनाहरू नराख्न पनि परिपत्र गरेको छ।

नेपाल सरकार मन्त्रिपरिष्दबाट साउन १२ गते भएको निर्णयअनुसार स्थानीय तहलाई यस्तो निर्देशन दिइएको केन्द्रले जनाएको छ।

 

प्रकाशित: Aug 06, 2020| 17:20 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्