बिहीबार, भदौ ११, २०८३

इलाममा सशस्त्र प्रहरीका थप १६ जनामा कोरोना संक्रमण

योसँगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ४७ पुगेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– इलामस्थित सशस्त्र प्रहरी बलको नं. १ गणमा कार्यरत थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित हुनेमा सीमा सुरक्षा र क्वारेन्टिन व्यवस्थापनमा खटिएकाहरु रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।

योसँगै इलाममा कोरोना संक्रमित सशस्त्र प्रहरीको संख्या ४७ पुगेको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले संक्रमित प्रहरीको विराटनगर र धरानमा उपचार भैरहेको जानकारी दिए।

अर्यालका अनुसार सशस्त्र प्रहरीमा देशभर कोरोना संक्रमितको संख्या एक ५८ जना पुगेको छ। संक्रमित मध्ये ७४ जना उपचाररत रहेको र बाँकी निको भएर काममा फर्किसकेका छन्।

प्रकाशित: Aug 06, 2020| 17:16 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।