बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा १० सैनिक जवानसहित ४३ जना कोरोना संक्रमित थपिए

पर्सामा १० सैनिक जवानसहित ४३ जना कोरोना संक्रमित थपिए

नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि हुनेमा वीरगन्ज कारागारका कैदी, नारायणी अस्पतालको क्वार्टरमा बस्ने कर्मचारी र भारतीय महावाणिज्य दूतावासका कर्मचारी पनि छन्।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

पर्सा- पर्सामा नेपाली सेनाका १० जना जवानसहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालमा भएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि हुनेमा वीरगन्ज कारागारका कैदी, नारायणी अस्पतालको क्वार्टरमा बस्ने कर्मचारी र भारतीय महावाणिज्य दूतावासका कर्मचारी पनि छन्।

यसैगरी वीरगन्ज महानगरपालिका वडा नम्बर ९ गणेश टोलका पाँच जना, वडा नम्बर ५ रेश्मकोठीका २ जना संक्रमित फेला परेको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

वडा नम्बर ११ रानीघाट, वडा नम्बर ८ गहवा, वडा नम्बर १० अशोकबाटिका, वडा नम्बर १२ को प्रतिमाचोक, ओम आश्रम, ग्रामीण भेगको पकहामैनपुर वडा नम्बर २ मनिपुर, प्रसौनी २ बाराका ७३ वर्षिय एकजना महिला, बाराको देवताल गाउँपालिकाकी एक २२ वर्षिया महिला र महोतरी तथा मौलापुर रौतहटका एक–एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Aug 06, 2020| 17:06 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।