बिहीबार, भदौ ११, २०८३

२४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ, सर्लाही, धनुषा र सप्तरीका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ४५ वर्षिय पुरुषको मृत्यु भएको छ। ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई कोशी अस्पताल लगिएको थियो । साउन २१ गते उनको मृत्यु भएको हो।

त्यस्तै मोरङकै विराटनगर महानगरपालिकाका ४५ वर्षका पुरुषको पनि २१ गते नै मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनको पनि कोशी अस्पतालमा मृत्यु भएको हो ।

उता, सर्लाहीकी ६५ वर्षिय कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । साउन २१ मा बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा उनको मृत्यु भएको हो ।

त्यस्तै धनुषा जिल्लाकी ७२ वर्षिया एक महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । मन्त्रालयका अनुसार साउन १७ गते ओम अस्पताल काठमाडौंमा उनको मृत्यु भएको हो । उनी दम, उच्च रक्तचाप, मधुमेह र निमोनियाबाट ग्रसित थिइन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सप्तरीमा पनि ४२ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । साउन २१ मा उनको मृत्यु भएको हो ।

योसँगै नेपालमा ६५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित: Aug 06, 2020| 16:52 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।