बिहीबार, भदौ ११, २०८३

कुल जनसंख्याको १.४ प्रतिशतको कोरोना परीक्षण

नेपालमा जम्मा जनसंख्याको १ दशमलब ४ प्रतिशतको कोरोना परीक्षण गरिएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- नेपालमा जम्मा जनसंख्याको १ दशमलब ४ प्रतिशतको कोरोना परीक्षण गरिएको छ। हालसम्म देशभर ४ लाख १९ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

यो जम्मा जनसंख्याको १ दशमलब ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए।

केन्द्रीय तथ्यांक विभागका अनुसार अहिले नेपालकाे जनसंख्या ३ करोड ४३ हजार २६१ छ।

परीक्षण गरिएकोमध्ये २१ हजार ७५० जनामा कोरोना पुष्टि भएको छ। पुष्टि भएकामध्ये १५ हजार ३८१ जना निको भएर घर फर्किइसकेका छन् भने ६ हजार २९६ जना आइसोलेसनमा छन्।

नेपालमा हालसम्म ६५ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 06, 2020| 16:50 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।