बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठक, सेमिनार बन्द गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

बैठक, सेमिनार बन्द गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक, सेमिनार, गोष्ठीलगायत भीडभाड हुने क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैठक, सेमिनार, गोष्ठीलगायत भीडभाड हुने क्रियाकलाप बन्द गर्न आह्वान गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भीडभाड बन्द गर्न भन्दै त्यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न आग्रह गरेका हुन्।

कोरोना संक्रमणको जोखिम बढ्दै गएर अफ्ठ्यारो परिस्थिति आएको भन्दै गौतमले सामाजिक दूरी कायम गर्न, बेलाबेला साबुन पानीले हात धुन, मास्क लगाउन आग्रह गरेका छन्।

मन्त्रालयले चाडबाड घरमै मनाउन, मन्दिरलगायत स्थानमा भीडभाड नगर्न र बालबालिका तथा वृद्ध उमेरका व्यक्तिलाई बाहिर ननिस्कन अनुरोध गरेको छ।

काठमाडौं उपत्यकालगायत ठूला सहरमा संक्रमणको दर बढेकाले अस्पतालले कर्मचारीलाई सिफ्टअनुसार काम गराउन मन्त्रालयले निर्देशन दिएको छ।

संक्रमण थप बढेमा अस्पतालको क्षमताले धान्न नसक्ने र स्वास्थ्यकर्मी अपुग हुने भन्दै गौतमले अहिलेदेखि स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

प्रकाशित: Aug 06, 2020| 16:37 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।