बिहीबार, साउन २१, २०८३

थाहा पाउनुस् आँपका फाइदा

आँपमा उल्लेख्य मात्रामा फाइबर हुने भएकोले पाचन शक्ति राम्रो बनाउनुको साथै पेट सफा राख्न सहयोग गर्छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– आँपको मौसम सकिनै लागेको छ। बर्खाको समयमा पाइने र विशेषगरी तराई भेगमा फल्ने आँपलाई नेपाल, भारतलगायत देशमा ‘फलको राजा’ पनि भन्ने गरिन्छ।

हेल्थलाइन डटकमका अनुसार आँपमा क्यालोरी, फाइबर, भिटामिन ए, सी, भिटामिन बी सिक्स, पोटासियमलगायत तत्व पाइन्छ।

आँपका फाइदाहरूः

आँपमा हुने एन्टिएक्सिडेन्ट तत्वले क्यान्सर रोगको जोखिम कम गर्छ।

यसमा पाइने भिटामिन ए ले आँखा तेजिलो बनाउन मद्दत गर्छ।

आँपमा उल्लेख्य मात्रामा फाइबर हुने भएकोले पाचन शक्ति राम्रो बनाउनुको साथै पेट सफा राख्न सहयोग गर्छ।

आँपले रोग प्रतिरोधात्मक क्षमताको पनि वृद्धि गर्छ।

आँपले यौन तथा प्रजनन् क्षमता विस्तारमा पनि सघाउँछ।

भिटामिन र खनिज पाइने हुनाले आँपले छालामा चमक ल्याउनुको साथै कपाल झर्नबाट पनि रोक्छ।

आँपको नियमित सेवनले मुटुको समस्या कम गर्न सघाउँछ।

 

 

 

 

प्रकाशित: Aug 06, 2020| 16:18 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्