बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : एकैदिन ६६ जना कोरोना संक्रमित थपिए, ६ जिल्ला संक्रमणमुक्त

प्रदेश १ : एकैदिन ६६ जना कोरोना संक्रमित थपिए, ६ जिल्ला संक्रमणमुक्त

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा विहिबार अहिले सम्मकै सवैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

विराटनगर–प्रदेश १ मा विहिबार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा २४, सुनसरीमा १९, इलाममा १५, झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा ११ पुरुष १० महिला, बेलबारीमा २ र रंगेलीमा १ पुरुष, सुनसरीको धरानमा ११ पुरुष, ३ महिला, इटहरीमा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ । प्रदेश १ मा विहिबार अहिले सम्मकै सवैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ मा विहिबार १८ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, धनकुटा, सुनसरी र पाँचथरका १–१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।

प्रदेश १ मा विहिबार १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

६ जिल्ला कोरोनामुक्त

प्रदेश १ मा ६ जिल्ला कोरोनामुक्त भएका छन् । १४ जिल्ला मध्ये ६ जिल्ला कोरोनामुक्त भएका हुन् । विहिबारसम्म तेह्रथुम, संखुवासभा, खोटाङ, भोजपुर, पाँचथर र धनकुटा जिल्ला कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Aug 06, 2020| 15:43 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।