बिहीबार, भदौ ११, २०८३

राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्था : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गरेका छन् ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको स्वतन्त्र अस्तित्व रक्षाका लागि राजासहितको प्रजातन्त्र नै उत्तम राज्य व्यवस्था प्रणाली हुने दावी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले राप्रपा निरकुंश राजसंस्थाको पक्षमा नभई चुनाव र पार्टीभन्दा माथि उठेको साझा संस्थाको रुपमा अभिभावकिय भूमिका रहने गरी राजा सहितको प्रजातन्त्रको पक्षमा रहेको बताए ।

शासन जनताले गर्ने राजसंस्था एकताको सूत्रको रुपमा अभिभावक मात्र हुने थापाको कथन थियो । ९४ प्रतिशत जनताको आस्था, विश्वास र पहिचानलाई लत्याएर मुलुकले प्रगति गर्न नसक्ने भन्दै थापाले हिन्दू राष्ट्रको पहिचान जोगाउनु पर्नेमा जोड दिए ।

एकताबाट राप्रपा मुलुकको बलियो शक्ति बनेको चर्चा गर्दै थापाले अब बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको उदय भयो भन्ने सन्देश जनताको घरदैलोमा पुर्याउनुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा महिला संगठनका अध्यक्ष कुन्ती कुमारी शाही, उद्धव पौडेल, निना भेटवाल, सुनिता कुरुम्बाङ्ग, नानु नगरकोटी, राजाराम बर्तौला लगायतका नेताहरुको उपस्थिति थियो ।

प्रकाशित: Aug 06, 2020| 15:21 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।