बिहीबार, भदौ ११, २०८३

कांग्रेसले १० लाख क्रियाशील सदस्य बनाउने

नेपाली कांग्रेसका हाल देशैभर ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन्।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– पार्टीको १४ औं महाधिवेशनको तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले क्रियाशील सदस्यता दोब्बर बनाउने भएको छ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले अहिले कायम रहेको क्रियाशील सदस्यता दोब्बर बनाउने निर्णय गरेको हो।

‘अहिले कांग्रेसका जति क्रियाशील सदस्य छन्, त्यसको शतप्रतिशत नयाँ सदस्यता बढाउने निर्णय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी बैठकले निर्णय गरे पनि केन्द्रीय समितिबाट यो निर्णय पास हुनुपर्छ।’

कांग्रेसले आसन्न १४ औं महाधिवेशनअघि भने कुल क्रियाशील सदस्यको ५० प्रतिशत नयाँ थप्ने निर्णय गरिसकेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीभित्र विवाद चलिरहेका बेला नेताहरु बसेर छलफल हुन नसकेको अवस्थामा आज सौहार्दपूर्ण छलफल भएको जानकारी दिए। ‘नेताहरुबीच छलफल हुन सकेको थिएन,’ उनले भने, ‘आज पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बसेर सौहार्दपूर्ण छलफल भएको छ।’

नेपाली कांग्रेसका हाल देशैभर ४ लाख ९८ हजार ४७६ क्रियाशील सदस्य छन्। पदाधिकारी बैठकले गरेको निर्णयअनुसार सदस्यता वितरण भएमा अब देशैभर कांग्रेसका क्रियाशील सदस्यको संख्या १० लाख पुग्ने छ।

आजको पदाधिकारी बैठकमा आसन्न पार्टीको १४ औं महाधिवेशनको तयारी, कोभिड–१९ को संक्रमण र यसले पार्ने असर, भ्रातृ संस्थाहरुको म्याद थप, विभिन्न दलहरुबाट कांग्रेसमा प्रवेश गरेका नेता–कार्यकर्ताहरुको समायोजन लगायतका विषयमा छलफल भएको छ।

बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेताहरु गोपानमान श्रेष्ठ, अर्जुननरसिंह केसी, रामशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।

प्रकाशित: Aug 06, 2020| 15:09 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।