बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पानी विवादमा बालकको मृत्यु भएको घटनाका आरोपी कारागार चलान

पानी विवादमा बालकको मृत्यु भएको घटनाका आरोपी कारागार चलान

डडेलधुरामा खानेपानी सम्बन्धी विवादमा झडप हुँदा बालकको ज्यान गएको घटनामा संलग्नका आरोपित कारागार चलान भएका छन्।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- डडेलधुरामा खानेपानी सम्बन्धी विवादमा झडप हुँदा बालकको ज्यान गएको घटनामा संलग्नका आरोपित कारागार चलान भएका छन्।

घटनामा संलग्नको आरोपमा पक्राउ परेका १० जनालाई जिल्ला अदालत डडेलधुराले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

गत असार २६ गते खानेपानीको विषयमा भएको विवादपछि झडपमा परी आलिताल गाउँपालिका–५ का गणेश महराका ७ वर्षीय छोरा हिमांशु महरा घाइते भएकोमा उपचारको क्रममा धनगढीमा मृत्यु भएको थियो।

घटनामा संलग्न भएको आरोपमा मुद्दा चलाइएका १३ जनामध्ये १० जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको डडेलधुराका डिएसपी दधिराम नौपानेले जानकारी दिए।

आरोपी ३ जना नाबालकलाई साधारण तारेखमा अभिभावकको जिम्मा लगाइएको न्यौपानेले बताए।

न्यौपानेका अनुसार पुर्पक्षको लागि थुनामा पठाइएकाहरू निरु भन्ने निरबहादुर ओली, हरिकृष्ण भाट, पम्फा ओली, अमृता ओलीलगायत छन्।

प्रकाशित: Aug 06, 2020| 14:07 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।