बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीमा कोरोना संक्रमितको संख्या ३४५ पुग्यो, हेडक्वार्टरमा मात्र ८५ जना

प्रहरीमा कोरोना संक्रमितको संख्या ३४५ पुग्यो, हेडक्वार्टरमा मात्र ८५ जना

 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ३४५ पुगेको छ। जसमध्ये प्रहरी प्रधान कार्यालयमा मात्र ८५ जनालाई संक्रमण पुष्टि भएको छ।

प्रहरी प्रधान कार्यालयले हाल उपचारमा २२६ जना रहेकाे र बाँकी ११९ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेकाे जनाएकाे छ। प्रधान कार्यालयको पछिल्लो तथ्यांकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत संक्रमितको संख्या समावेश गरिएको छैन।

प्रहरी प्रवक्ता एसएसपी कुवेरसिंह कडायतले संक्रमित प्रहरीको संख्या २२५ पुगेको बताए। उनले अख्तियारमा कार्यरत प्रहरीको तथ्यांक समावेश नभएको बताए। अख्तियारमा कार्यरत हालसम्म २० जना प्रहरीमा संक्रमण पुष्टि भएकाे छ।

संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ, क्वारेटिनमा राख्नेलगायत काम भइरहेको पनि उनले जानकारी दिए।

प्रहरी प्रधान कार्यालयमा कसरी कोरोना फैलियो भन्ने यकिन भैसकेको छैन। तर, सिन्धुपाल्चोक बाह्रविसेमा असार २५ गते गएको पहिरो पीडितको उद्धारमा खटिएको टोलीबाट हेडक्वार्टरमा संक्रमण फैलिएको आशंका गरिएको छ।

पहिरोमा बेपत्ताको खोजी तथा उद्धारका लागि प्रहरी प्रधान कार्यालय विपद व्यवस्थापन शाखाको टोलीलाई पुगेको थियो।

त्यहीँबाट फर्किएर आएकामध्ये तीन जनामा कोभिड–१९ (कोरोना भाइरस) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।

हेडक्वार्टरमा पहिलो पटक साउन ९ गते तीन जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा संख्या बढ्दै गएको छ। संक्रमित हुनेमा अधिकांश हेडक्वार्टरको सवारी शाखा र सञ्चार निर्देशनालयका प्रहरीहरु छन्।

हेडक्वार्टरमा संक्रमणको दर बढेसँगै आगन्तुकलाई प्रवेश निषेध गरिएको छ भने सबै कार्यक्रम रद्द गरिएको कडायतले जानकारी दिए।

प्रकाशित: Aug 06, 2020| 13:39 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।