काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अध्यक्षको निवास खुमलटारको बाहिरी घेराको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिए।
‘उहाँहरु सबै बाहिरी घेरामा खटिएका सुरक्षाकर्मी हुन्,’ सापकोटाले भने, ‘उपचार प्रक्रियाअन्तर्गत सबै आइसोलेसनमा गइसकेका छन्।’
सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुधबार दाहालको निवासमा कार्यरत सबै सुरक्षाकर्मी तथा दाहालका परिवारका सबै सदस्यको थ्रोट स्वाबको नमुना संकलन गरिएको थियो।
दाहालको सचिवालयका अनुसार परिवारका कुनै पनि सदस्यमा संक्रमण देखिएको छैन।