काठमाडौं– गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ५७५ पुगेको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण भएको हो।
पछिल्लोपटक संक्रमित हुनेमा तनहुँका एक, कास्कीका चार, पर्वतका एक, गोरखाका एक र स्याङ्जाका एक जना रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रणका प्रवक्ता विनोदविन्दु शर्माले बताए।