बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइसोलेसन वार्ड बनाएर सबै बिरामीको उपचार गर्न निजी अस्पताललाई प्रशासनको निर्देशन

आइसोलेसन वार्ड बनाएर सबै बिरामीको उपचार गर्न निजी अस्पताललाई प्रशासनको निर्देशन

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निजी अस्पतालहरूलाई पनि आइसोलेसन वार्ड निर्माण गरी बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले निजी अस्पतालहरूलाई पनि आइसोलेसन वार्ड निर्माण गरी बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।

कोरोनाजस्तै लक्षण देखिएका बिरामीको उपचार निजी अस्पतालले नगरेको गुनासो आएपछि यस्तो निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।

हिजो बुधबार साँझ जिल्ला संकट व्यवस्थापन केन्द्रका अध्यक्ष प्रजिअ विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले जिल्लाका निजी अस्पतालहरूले अनिवार्य रूपमा छुट्टै आइसोलेसन वार्ड निर्माण गर्नुपर्ने र उपचारका लागि आउने जोकोही बिरामीको उपचार गर्नुपर्ने निर्णय गरेको हो।

कोही सर्वसाधारण उपचार पाउनबाट वञ्चित नहोस् भन्ने उद्देश्यले निजी अस्पतालका लागि यस्तो निर्देशन जारी गरिएको प्रजिअ कार्कीको भनाइ छ।

निजी अस्पतालमा आउने बिरामीमा कोरोनाको लक्षण देखिए स्वाब संकलन गरेर परीक्षण गर्ने र रिपोर्ट पोजेटिभ आउमात्र कोभिड अस्पतालमा पठाउनुपर्ने गरी सोहिअनुसारको व्यवस्थापन मिलाउनुपर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

प्रकाशित: Aug 06, 2020| 12:50 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।