बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल-नेपाल समूहको भेलापछि दुई अध्यक्षबीचको छलफल अनिश्चित, खुमलटारमा दाहाल-नेम्वाङ भेट

दाहाल-नेपाल समूहको भेलापछि दुई अध्यक्षबीचको छलफल अनिश्चित, खुमलटारमा दाहाल-नेम्वाङ भेट

ओली र दाहाल निकटका स्रोतहरुले छलफल गर्ने कुनै टुंगो नभएको बताएका छन्। नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अहिलेसम्म छलफल गर्ने विषयमा केही टुंगो नलागेको जानकारी दिए।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– हिजो बुधबार काठमाडौंको बिजुलीबजारमा नेकपाको दाहाल–नेपाल समूहको भेलापछि पार्टीका दुई अध्यक्षबीचको छलफल अनिश्चित बनेको छ।

अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठसहितका नेताहरुले बुधबार आफू निकटका पत्रकार राखेर गोप्य भेला गरेपछि नेकपाभित्रको विवादले नयाँ मोड लिएको हो।

बुधबार बेलुका ५ बजे दुई अध्यक्षबीच भेटवार्ता हुने समय तय भएको थियो। तर, दाहाल–नेपाल समूहले आफू निकटका पत्रकारहरु बोलाएर भेला गरेपछि साँझका लागि तय भएको छलफल स्थगित गरिएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले छलफल स्थगित भएको र आजका लागि छलफल हुने बताएका थिए। तर, वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङसहित सहभागी भएर गर्ने भनिएको दुई अध्यक्षबीचको छलफल अनिश्चित बनेको छ।

ओली र दाहाल निकटका स्रोतहरुले छलफल गर्ने कुनै टुंगो नभएको बताएका छन्। नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाले अहिलेसम्म छलफल गर्ने विषयमा केही टुंगो नलागेको जानकारी दिए।

दाहालले छुट्टै भेला गरेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो रणनीति तय गर्न आफू निकटहरुसँग छलफल गरिरहेको स्रोत बताउँछ।

बिजुलीबजारमा पत्रकारहरु बोलाएर गरिएको अनौपचारिक भेलामा दाहालसहितका नेताहरुले ओलीले एकलौटी पार्टी संचालन गर्न खोजेको आरोप लगाएका थिए।

यसैबीच पार्टीभित्र संकट बढ्दै गएर विभाजनकै खतरासम्म हुने परिस्थिति देखिएपछि आज संसदीय दलका उपनेता सुवास नेम्वाङले खुमलटार पुगेर अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्। नेम्वाङले अध्यक्ष दाहाललाई भेट्न पुग्नुअघि दाहाल आफू निकटका केही नेताहरुसँग छलफलमा व्यस्त थिए।

ओली निकट स्रोतका अनुसार आज बिहान दाहालसँग भएको नेम्वाङको छलफल सकारात्मक भएको बुझिएको छ। अध्यक्ष दाहाल र नेम्वाङबीच पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल भएको छ।

 

प्रकाशित: Aug 06, 2020| 12:28 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।