पर्साको वीरगन्जमा थप ४३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा पर्साका ४०, रौतहटका एक, बाराका एक र महोत्तरीका एकजना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये धेरै सेनाका कर्मचारीहरु रहेको अस्थायी कोभिड अस्पतालका संयोजक डा उदयनारायण सिंहले जानकारी दिए । उनका अनुसार संक्रमितहरुलाई अस्पताल पुर्याउने काम हुँदैछ ।
संक्रमितहरु २० देखि ४० वर्ष उमेर समूहका बढी छन् ।