बिहीबार, भदौ ११, २०८३

प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि, गएनन् अस्पताल

तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ का एक मन्त्री समेत संक्रमित भएका छन ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

जनकपुर- तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ का एक मन्त्री समेत संक्रमित भएका छन ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते परिक्षणका लागि स्वाब दिएका मन्त्रीको बुधबार बेलुका पोजिटिभ रिपोर्ट आएको हो ।

उनले आफूलाई कोरोना संक्रमण भएको बताएका छन् । संक्रमित मन्त्री अस्पताल नगइ मन्त्री निवासमै आइसोलेशनमा बसेका छन् । आफूमा कुनै लक्षण नदेखिएकाले घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए ।

उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि अपिल गरेका छन् ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २१ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Aug 06, 2020| 09:04 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।