बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित खोज्दै स्वास्थ्यकर्मी

विराटनगरमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित खोज्दै स्वास्थ्यकर्मी

समुदायस्तरमा कोरोना फैलिएको कोरोनाबाट विराटनगरमा थप १३ जना संक्रमित भएका छन् ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

विराटनगर- समुदायस्तरमा कोरोना फैलिएको कोरोनाबाट विराटनगरमा थप १३ जना संक्रमित भएका छन् ।

कोशी अस्पतालको प्रयोगशालमा बुधबार राति प्राप्त रिपोर्टअनुसार ५ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

उनकाअनुसार संक्रमितहरु विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ वडाका छन्। संक्रमितमध्ये तीन पुरुष र एक महिलाको उमेर खुलेको छैन। अरु २४ देखि ६० वर्ष उमेरसम्मका छन्।

संक्रमितहरुले स्वावसँगै दिएको ठेगानाअनुसार स्वाथ्यकर्मीहरु उनीहरुको खोजीमा जुटेका छन् । कतिपय टिपाएको मोवाइल नम्बर नमिलेको र अफ भएकाले स्वास्थ्यकर्मी उनीहरुले दिएको ठेगानातर्फ खोजी गर्न बिहीबार बिहानै गएको महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख कार्कीले बताए ।

नयाँ १३ जना थपिएसँगै विराटनगरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ सय ८३ पुगेको छ।

प्रकाशित: Aug 06, 2020| 08:49 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।