पोखरा- गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गोरखाका ६, नवलपरासी पूर्वका ३ कास्की र पर्वतका १–१ जनामा कोरोना पुष्टि भएको हो।
गोरखाका संक्रमितको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिएको थियो भने नवलपरासी पूर्वका संक्रमितको लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा परीक्षण गरिएको थियो ।
कास्की र पर्वतका संक्रमितको क्षयरोग उपचार केन्द्र पोखरामा परीक्षण भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
थपिएका संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।
आज थपिएका संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ६६ पुगेको छ।