बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शनिबारबाट फेरि देशैभर झरी पर्ने, अधिकांश ठाउँमा भारी वर्षाकाे सम्भावना

शनिबारबाट फेरि देशैभर झरी पर्ने, अधिकांश ठाउँमा भारी वर्षाकाे सम्भावना

पुनः मनसुन सक्रिय भएसँगै शनिबारबाट झरीसँगै भारी वर्षा हुने भएको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- पुनः मनसुन सक्रिय भएसँगै शनिबारबाट झरीसँगै भारी वर्षा हुने भएको छ।

मनसुनको न्यून चापीय रेखा फेरि नेपालतर्फ नजिकिने सम्भावना रहेकाले भारी वर्षा र झरीको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज (बिहीबार) र भोलि (शुक्रबार) देशभरीकै मौसम सामान्य बदली भई देशका विभिन्न स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भएपनि शनिबारबाट देशका अधिकांश स्थानमा झरीसँगै भारी वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार रातिदेखि मनसुन फेरि सक्रिय हुने र आइतबार धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

यो क्रम मंगलबारसम्म कायम रहन सक्ने महाशाखाको अनुमान छ । महाशाखाले सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

आज भने प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने र अरु केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आज राति प्रदेश १, वाग्मती, गण्डकी र प्रदेश ५ का एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना छ।

यस्तै महाशाखाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

प्रकाशित: Aug 06, 2020| 07:44 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।