बिहीबार, भदौ ११, २०८३

सञ्चारमाध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ ।

कोरोना कहरका कारण भएको लकडाउनले थलिएका विद्युतीय सञ्चारमाध्यमका हितका लागि राहतस्वरुप सरकारका तर्फबाट उक्त निर्णय गरिएको प्रदेशका अन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।

विद्युतीय सञ्चारमाध्यमलाई छुट दिने सङ्घीय सरकारको निर्णयानुसार नै प्रदेश सरकारले पनि निर्णय गरेको उनले बताए।

प्रदेश सरकारले विद्युतीय सञ्चारमाध्यमलाई नवीकरणलगायतमा छुट दिने गरेको निर्णय प्रति ब्रोडकास्टिङ यसोसिएसनका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाईंले खुशी व्यक्त गरे।

सरकारको निर्णयले प्रदेश सरकार मातहतका २०० भन्दा बढी रेडियो तथा ३५ वटाभन्दा बढी केवल टेलिभिजन लाभान्वित हुने उनको भनाइ छ । ताल्चा लगाउनुपर्ने अवस्थामा पुगेका रेडियो टेलिभिजनलाई सरकारको निर्णयले पुनर्जीवन दिएको उपाध्यक्ष चौलागाईँले बताए।

प्रकाशित: Aug 06, 2020| 06:47 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।