बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकासहित यी जिल्लामा लागू हुनेछ जोरबिजोरको नियम

काठमाडौं उपत्यकासहित यी जिल्लामा लागू हुनेछ जोरबिजोरको नियम

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोरबिजोर नियम लागू हुनेछ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै गृह मन्त्रालयले सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ।

मन्त्रालयले हिजो बुधबार सूचना जारी गरेर आज बिहीबारदेखि अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू हुने जानकारी दिएको हो।

जोरबिजोर प्रणाली काठमाडौं उपत्यका र दुई सयभन्दा बढी कोरोनाका सक्रिय संक्रमित भएका जिल्लामा लागू हुनेछ। जोरबिजोर लागू भएका जिल्लाका सहरी क्षेत्रमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा बन्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोरबिजोर नियम लागू हुनेछ।

गृह मन्त्रालयले ढुवानी बाहेकका अन्य यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा कडाइ गर्ने निर्णय पनि यथावत् राखेको छ।

यसअघि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्दै उपत्यकामा जोरबिजोर प्रणाली लागू गरेकोमा लकडाउन अन्त्यको घोषणासँगै उक्त व्यवस्था हटाइएको थियो।

 

प्रकाशित: Aug 06, 2020| 05:55 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।