काठमाडौं- सरकारले काठमाडौं उपत्यकासहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा बिहीबार (भोलि)देखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाउने भएको छ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा यी क्षेत्रमा जोरबिजोर प्रणाली लागू भएसँगै उक्त अवधिमा हिँडडुल गर्न रोक लगाएको हो।
कोरोना भाइरस(कोभिड–१९) को जोखिम बढेपछि गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो। अत्यावश्यक सेवाका हकमा भने यो निर्णय लागू हुने छैन।