सोमबार, फागुन १८, २०८२

पर्सामा कर्तव्य ज्यान मुद्दाका सातसहित २४ जनालाई आममाफी

संविधान दिवसका अवसरमा पर्सामा कर्तव्य ज्यान सजाय पाएका सात जनाले आममाफी पाएका छन्।
 |  आइतबार, असोज ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज ३, २०७८

पर्सा– संविधान दिवसका अवसरमा पर्सामा कर्तव्य ज्यान सजाय पाएका सात जनाले आममाफी पाएका छन्। कैदी जीवन बिताएर समाजमा घुलमिल हुन सक्ने र पुनः अपराध गर्न नसक्ने खालका २४ जनालाई कारागार विभागको सिफारिसमा राष्ट्रपति कार्यालयले आममाफी दिएको हो। 

ज्यान मुद्दामा कैदी जीवन बिताइरहेर आममाफी पाउनेमा सेख इमामुदिन, अमरुलाह मिया, रोकैया खातुन, मिश्रीलाल राउन अहिर, विनोद विक चितैने, जमुना माझी र लालबहादुर साह तेली छन्। 

यस्तै सवारी ज्यान मुद्दाका जगतनारायण राउत कुर्मी, धरेन्द्र पासवान, जोखु राय थारु, कन्हैयाप्रसाद कुशवाहा र अनुपकुमार रुम्बाले पनि आममाफी पाएका छन्। 

विभिन्न स्थानको चोरीमा संलग्न रहेका अब्दुलजानी हकिम, राजेश साह कानु, सुनिल सहनी मलाह, सरोज चौधरी र महमद हुसेन आजाद अन्सारीले आममाफी पाएका छन्।

आममाफी पाउने अन्यमा ज्यान मार्ने उद्योगका अजमुदिन अन्सारी, सुनर पासवान, डाका मुद्दाका रमेश मुखिया बिन, विष्णु दयाल हजरा दुसाद, चोरीका सरोज चौधरी र अजाद अन्सारीले आममाफी पाएको वीरगन्ज कारागारका प्रमुख कृष्ण गैरेले बताए।

kumari

पर्सामा २०७४ असोज १३ गते वीरगन्ज कारागारका प्रमुख चक्रपाणि गौतम र कारागार विभाग काठमाडौंको सिफारिसमा कर्तव्य ज्यान मुदाका फुलहसन अन्सारीलाई आममाफी दिइएको थियो। आममाफी पाएका उनी पुनः आफ्नो पहिचान बनाएर आपराधिक गतिविधिमा सक्रिय रहेको आरोपमा पक्राउ परेका छन्। 


प्रकाशित: Sep 19, 2021| 17:49 आइतबार, असोज ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।