बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं उपत्यकामा आज (बुधबार) कोरोना भाइरसका ६२ जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ५७ जना र ललितपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो। भक्तपुरमा भने आज संक्रमित थपिएनन्।

योसँगै उपत्यकामा संक्रमितको संख्या ७८४ पुगेको छ।

पछिल्लो एक हप्तामा संक्रिमतको संख्या ह्वात्तै बढेको छ। उपत्यकामा मंगलबार ६२ जनामा संक्रमण पुष्टि भएको थियो भने सोमबार ५१, आइतबार ३१, शनिबार ६, शुक्रबार ३८, बिहीबार ४५, बुधबार १५ जना संक्रमित थपिएका थिए।

संक्रमितहरु काठमाडौंमा ५९३, ललितपुरमा ११४ र भक्तपुरमा ७७ जना छन् ।

काठमाडौं उपत्यकाका संक्रमितमध्ये अहिलेसम्म २४६ जना निको भएर घर फर्किएका छन्।

उपत्यकामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ। काठमाडौंमा ४ र ललितपुरमा १ जनाको कोरोनाका कारण मृत्यु भएको हो।

 

प्रकाशित: Aug 05, 2020| 16:27 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।