बिहीबार, भदौ ११, २०८३

आज ३८१ जनामा कोरोना पुष्टि, १३० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ३९० पुगेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित हालसम्म कोरोना पुष्टि हुनेको कुल संख्या २१ हजार ३९० पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ६ हजार ३५९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४ लाख १२ हजार ९५३ जनाको पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

हाल देशभर क्वारेनिटानमा रहेका व्यक्तिको संख्या ९ हजार ९२५ रहेको छ। पछिल्लो २४ घण्टामा देशभरबाट १३० जना डिस्चार्ज भएका छन्।

हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यो ७० दशमलब ८ प्रतिशत हो।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ। सक्रिय संक्रमितमा हाल प्रदेश १ मा ३१२, प्रदेश २ मा २ हजार ६२२, बागमती प्रदेशमा ७८५, गण्डकी प्रदेशमा २७२, प्रदेश ५ मा ३४०, कर्णाली प्रदेशमा २९२ र सुदूरपश्चिममा १ हजार ५५१ जना रहेका छन्।

हालसम्म नेपालमा कोरोनाबाट ६० जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 05, 2020| 16:25 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।